प्रयोग भैसकेका फूललाई यसरी गर्न सकिन्छ पुनः प्रयोग

नेपालभ्युज

प्रयोग भैसकेका फूललाई यसरी गर्न सकिन्छ पुनः प्रयोग

काठमाडौं । तिहारमा घर सजाउनदेखि पूजापाठ आदिमा फूलहरूको धेरै प्रयोग हुन्छ । काम सकिएपछि हामी यी फूलहरूलाई फोहोरमा फाल्छौँ । तर फूलहरूलाई फोहोरमा फाल्नुको सट्टा यिनीहरूलाई अन्य धेरै तरिकाले प्रयोग गर्न सकिन्छ ।

यिनीहरूलाई रिसाइकल गरेर प्राकृतिक उत्पादनमा परिवर्तन गर्नु एउटा राम्रो विकल्प हुन सक्छ, जसले वातावरणलाई पनि फाइदा पुर्‍याउँछ । आउनुहोस् जानौँ पूजामा प्रयोग भएका फूलहरूलाई तपाईं कुन–कुन तरिकाले प्रयोग गर्न सक्नुहुन्छ ।

मल बनाउने

बाँकी रहेका फूलहरूलाई कम्पोस्टमा परिवर्तन गरेर गमला र बगैँचामा हाल्ने । यी फूलहरूले बिरुवाहरूका लागि प्राकृतिक मलको काम गर्नेछन्, जसले माटोको गुणस्तरमा सुधार ल्याउनेछ ।

साबुन बनाउने

सुकेका फूलहरूको प्रयोग प्राकृतिक साबुन बनाउन गर्न सकिन्छ । गुलाब र चमेली जस्ता फूलहरू छालाको लागि फाइदाजनक हुन्छन् ।

धूपबत्ती

फूललाई सुकाएर धूपबत्ती बनाउन सकिन्छ । कपूर र चन्दन मिसाएर बनाइएको धूपबत्तीले घरको वातावरणलाई शुद्ध र सुगन्धित बनाउँछ ।

फेस प्याक

गुलाब, सयपत्री, चमेली र बेलीका सुकेका फूलहरूलाई पिसेर यसमा चन्दन र गुलाबजल मिसाएर फेस प्याक तयार गर्न सकिन्छ ।

हर्बल तेल बनाउने

फूललाई तिल वा नरिवलको तेलमा मिसाएर हर्बल तेल तयार गर्न पनि सकिन्छ । यसलाई तपाईं हात खुट्टामा मालिस गर्न प्रयोग गर्न सक्नुहुन्छ ।

प्राकृतिक परफ्युम

पूजाका बाँकी रहेका फूलबाट प्राकृतिक परफ्युम तयार गर्ने । सुगन्धित फूलहरू जस्तै: गुलाब, चमेली, बेलीलाई लाई सफा गर्ने ।

फूलहरूलाई पानीमा उमाल्ने र बाफलाई संकलन गर्ने । यो बाफ चिसो भएपछि एसेन्सियल अयल र फ्लोरल वाटर प्राप्त हुन्छ । यो तपाईंले परफ्युमको रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved