काठमाडौं महानगरले तोक्यो फूल बिक्री गर्ने स्थान (सूचीसहित)

नेपालभ्युज

काठमाडौं महानगरले तोक्यो फूल बिक्री गर्ने स्थान (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारका लागि फूल बिक्री गर्न ठाउँ तोकको छ । महानगरका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएका हुन् ।

महानगरले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्धसमेत लगाएको छ । स्वदेशी फूल किसानलाई प्रोत्साहित गर्न प्रतिबन्ध लगाइएको शाहले बताए ।

फूल बिक्रीका लागि ४६ स्थान तोकिएको छ । विशेषगरी मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ । फूल ओसारपसारमा समस्या आए महानगर प्रहरी बलले सहजीकरण गर्नेसमेत शाहले बताए ।

यी हुन् फूल बिक्री गर्न पाइने स्थान-

१) आरती पार्टी प्यालेस, माछा पोखरी
२) बुद्ध मल, माछा पोखरी
३) बालाजु भाटभटेनी, माछा पोखरी,
४) भ्याली कोल्ड स्टोर, बालाजु
५) सामुदायिक भवन, बालाजु
६) धर्म चक्र पार्क, स्वयम्भू
७) स्वयम्भू मार्ट
८) भाटभटेनी, कलंकी
९) कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०) एस. एन. एस., कलंकी
११) एन. बि. टि. सि., कलंकी
१२) नेपा व्याङ्क्वेट, खुशिँवु
१३) बिग मार्ट, कालधारा, पकनाजोल
१४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
१५) काठमाडौँ मल, सुन्धारा
१६) सिभिल मल, सुन्धारा
१७) सिटिसि मल, सुन्धारा
१८) रञ्जना मल, नयाँ सडक
१९) विग मार्ट कम्प्लेक्स, अनामनगर
२०) एटि कम्प्लेक्स, न्यू प्लाजा
२१) भाटभटेनी, अनामनगर
२२) आइटी प्लाजा, कमलादी
२३) संकटा चोक, टेवहाल
२४) के. एल. टावर, चाबहिल
२५) वि एन्ड एसएम, बौद्ध
२६) भर्गो जापान, शंखमुल
२७) आइप्लेक्स, बानेश्वर
२८) एनबि सेन्टर, नयाँ बानेश्वर
२९) फोनिक्स टावर, बत्तीसपुतली
३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१) बिगमार्ट, शंखमुल
३२) बिबिएसएम, कोटेश्वर
३३) सिफल चौर, सिफल
३४) केटिएम पार्टी प्यालेस,
३५) निराकल कम्प्लेक्स, शंखमुल
३६) एसि कम्प्लेक्स, चाबहिल
३७) भाटभटेनी, कोटेश्वर
३८) भाटभटेनी, नक्साल
३९) विग मार्ग, बालुवाटार
४०) सेल्स बेरी, महाराजगञ्ज
४१) भाटभटेनी, महाराजगञ्ज
४२) कोइराला मार्ट, सामाखुशी
४३) विग मार्ट, सामाखुशी
४४) सिटी सेन्टर, कमलपोखरी
४५) ल्होत्से मल, बालाजु
४६) सासा ब्याङकेट सोह्र खुट्टे


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved