धनतेरसमा नयाँ भाँडाकुँडा किनमेलमा चहलपहल (तस्वीरहरू)

धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन रहिआएको छ । धार्मिक मान्यता अनुसार धनतेरसको दिन कमलको पुष्पाशनमा विराजमान माता लक्ष्मी र गणेशको मूर्ति वा तस्वीर घर भित्र्याउनु निकै फलदायी हुनेछ ।

धनतेरसमा नयाँ भाँडाकुँडा किनमेलमा चहलपहल (तस्वीरहरू)

काठमाडौं । पूर्वीय पञ्चाङ्ग बमोजिम कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनवन्तरी जयन्ती अर्थात् धनतेरस मनाउने प्रचलन छ ।

यो दिन हिन्दु धर्मावलम्बीहरूले आयुर्वेदका प्रवर्तक धनवन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने गर्दछन् ।

धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन रहिआएको छ । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन उत्तम अनि शुभ मानिन्छ ।

आज परेको यो दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने धार्मिक विश्वास समेत रहेको छ ।

धार्मिक मान्यता अनुसार धनतेरसको दिन कमलको पुष्पाशनमा विराजमान माता लक्ष्मी र गणेशको मूर्ति वा तस्वीर घर भित्र्याउनु निकै फलदायी हुनेछ ।

तस्वीरहरू :- 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved