ओमानसँग द्विपक्षीय श्रम सम्झौताको काम अन्तिम चरणमा पुगेको छ : मन्त्री भण्डारी

नेपालभ्युज

ओमानसँग द्विपक्षीय श्रम सम्झौताको काम अन्तिम चरणमा पुगेको छ : मन्त्री भण्डारी

काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ओमानसँग पहिलोपटक द्विपक्षीय श्रम सम्झौताको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।

मन्त्रालय सम्हालेका सय दिनमा भएका क्रियाकलाप र उपलव्धीहरुका विषयमा जानकारी दिन शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्  ।

उनले दुईपक्षीय श्रम सम्झौतालाई प्राथमिकतामा राखेर काम गर्न मन्त्रालयमा द्विपक्षीय सम्झौता गर्न छुट्टै डेस्क स्थापना गरिएको, त्यस्तै कोरियासंग इपिएस सिष्टमलाई नविकरण गर्न कार्यदलले काम गरेर अन्तिम चरणमा पुराएको र युरोपमा श्रम सम्झौता विस्तार गर्ने गरि काम भइरहेको समेत जानकारी दिए  ।

मन्त्री भण्डारीले वैदेशीक रोजगारीमा गएर मृत्यु भएकाका परिवारलाई १० लाखसम्मको राहत दिने, बैदेशीक रोजगारीमा रहेका बेला उपचारका क्रममा मृत्यु भएकालाई उपचार खर्चका साथै राहत रकम दिने काम सुरु गरेको उल्लेख गरे ।

कुनै पनि देशमा वैधानिक रुपमा काम गरिरहेका नेपालीलाई नेपाल सरकारले पनि वैधानिक बनाउनका लागि नियोगहरुमार्फत श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको उनले बताए । उनले भिजिट भिसामार्फत भइरहेको दुरुपयोग रोक्नका लागि मन्त्रालयले गम्भीर भएर काम गरिरहेको जिकिर गरे  ।

मन्त्रालयले सवै स्थानीय तहबाट एकीकृत रोजगार सेवा बनाउने तयारी भएको, सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको छोराछोरीको पनि बिमा गर्ने काम सुरु गरिएको जनाएको छ । त्यस्तै सवै प्रदेशमा व्यवसायीक सिप बिकास प्रतिष्ठान स्थापना गर्ने तयारी भइरहेको पनि मन्त्री भण्डारीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved