राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी छैन : प्रधानमन्त्री ओली

नेपालभ्युज

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी छैन : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी नभएको बताएका छन् ।

सोमबार साँझ बाढी पहिरोका पीडितहरुलाई राहत दिने विषयमा ज्ञापन पत्र बुझाउन गएको प्रतिपक्षी दलहरुले सरकारले दल विभाजनका लागि अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाएपछि प्रधानमन्त्री  ओलीले यस्तो बताएका हुन् ।

जवाफमा ओलीले आफूले त्यस्तो अध्यादेश ल्याउन नखोजेको बताएका थिए।‘हिजो तपाईंहरुले त्यस्तो अध्यादेश ल्याउनु भएको थियो’ ओलीको जवाफ थियो, ‘त्यही भएर तपाईंहरुलाई अध्यादेश आउँछ भन्ने लागेको होला। तर, म ल्याउँदिनँ।’

विपक्ष दलहरुले बाहिर बजारमा आएजस्तो राजनीतिक दलहरुलाई र संसदलाई छलेर अध्यादेश ल्याएमा बहुदलीय व्यवस्थालाई समाप्त पार्ने काम गर्ने र यसो नगर्न सुझाव दिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन बताए ।

ज्ञापनपत्रमा समेत दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन चेतावनी दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved