निषेधित क्षेत्रमा रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

नेपालभ्युज

निषेधित क्षेत्रमा रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले निषेधित क्षेत्रभित्रै विरोध प्रदर्शन गरेका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय, कास्कीले निषेधाज्ञा जारी गरेको थियो । जसअनुसार यहाँको शहीद चोक निषेधित क्षेत्रभित्र पर्छ । तर, उनीहरूले यहीँ प्रदर्शन गरिरहेका छन् ।

यसपछि प्रहरी र प्रदर्शनकारीहरूबीच धकेलाधकेलको अवस्था सृजना भएको छ । रास्वपा नेताहरूले प्रदर्शनको समय तय भइसकेपछि निषेधाज्ञा जारी गरिएको बताएका छन् ।

रास्वपा उपसभापति डीपी अर्यालले भनेका छन्, “हामीलाई निषेध गर्नैका लागि निषेधाज्ञा जारी भयो, निषेधाज्ञा जारी गरेर सरकारले आफ्नो कायरता देखायो ।”

प्रशासनले शहीद चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

रास्वपा सभापति रवि लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । उनी सहकारी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका हुन् ।

रास्वपाले भने यसलाई सरकारले आफूहरूसँग साँधेको ‘प्रतिशोध’ भनेको छ । उसले हरेक जिल्लाबाट कम्तीमा १०० जना पोखरा आउन सर्कुलरसमेत जारी गरेको छ ।

  • सम्बन्धित समाचार

पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी, विरोध प्रदर्शन नगर्न निर्देशन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved