पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी, विरोध प्रदर्शन नगर्न निर्देशन

नेपालभ्युज

पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी, विरोध प्रदर्शन नगर्न निर्देशन

पोखरा । पोखरामा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आइतबार बिहान ११:४५ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेका हुन् ।

निषेधाज्ञा अर्को सूचना प्रकाशित नभइन्जेलसम्म जारी रहने प्रशासनले जनाएको छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र ५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन गरिएको छ । “५ जनाभन्दा बढी व्यक्ति जम्मा भएर अनसन, धर्ना, जुलुश, प्रदर्शन, घेराउ, विरोध प्रदर्शनलगायतका निषेध गरिएको छ,” प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved