गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो आफ्नो बोर्ड

नेपालभ्युज

गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो आफ्नो बोर्ड
फाइल फोटो

काठमाडौं । गौशालास्थित धर्मशालामा काठमाडौं महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ । मारवाडी सेवा समितिसँग विवाद चलिरहेको बेलामा महानगरले बुधबार बोर्ड राखेको हो ।

यसअघि महानगरले आफ्नो ब्यानर राखेको थियो ।

अदालतले विसं २०६० मा पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको थियो ।

समितिले आफूहरु मोही भएको दाबी गर्दै निर्णय खोरजको माग गर्दै आइरहेका छन् । वर्षको ५१ हजार तिरेर व्यापारिक लाभका लागि पशुपतिनाथको स्वामित्वको धर्मशाला प्रयोग भएको थियो । लामो प्रयासपछि कौडीको भाउमा कब्जामा रहेको सम्पत्ति फिर्ता भएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved