बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

नेपालभ्युज

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

कैलाली । कैलालीको चुरे गाउँपालिका–६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।

निजले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ ।

गएराति नै धनगढी क्षेत्रबाट बझाङ केदारस्यू गाउँपालिका–२का २० वर्षीय पारस रावल र धनगढी उपमहानगरपालिका–१४ का १९ वर्षीय आकाश मगरलाई लागु औषध खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved