बाँकेका बाढी पहिरो प्रभावितलाई भारतीय दूतावासको दोस्रो खेप सहयोग

नेपालभ्युज

बाँकेका बाढी पहिरो प्रभावितलाई भारतीय दूतावासको दोस्रो खेप सहयोग

काठमाडौं । बाँकेका बाढी पहिरो पीडितलाई भारतीय राजदूतावासले दोस्रो खेप सहयोग हस्तान्तरण गरेको छ ।

नेपालमा विनाशकारी बाढी र पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारको सहयोगलाई निरन्तरता दिने क्रममा नेपाल स्थित भारतीय दूतावासका द्वितीय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई बुधबार राहत सामाग्रीको दोस्रो खेप हस्तान्तरण गरेका हुन् ।

दूतावासका अनुसार दोस्रो खेप प्रदान गरिएको राहत सामग्रीमा अत्यावश्यक सरसफाई सामग्री, औषधि, झुल, लाइफ ज्याकेट, स्लिपिङ म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटर सहितको २१.५ टन सामग्री रहेका छन् । उक्त मानवीय सहायता भारतबाट बुधबार नेपालगन्ज ल्याइपुर्‍याइएको हो ।

हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशपछि नेपाल सरकारलाई साथ एवम् सबै खाले सहयोग प्रदान गर्न भारत सरकार तत्पर रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved