पत्रकार दर्नालको ‘माया पनि बिटुलो’ सार्वजनिक

नेपालभ्युज

पत्रकार दर्नालको ‘माया पनि बिटुलो’ सार्वजनिक

काठमाडौं । लेखक तथा पत्रकार सुशील दर्नालद्वारा लिखित ‘माया पनि बिटुलो’ नामक पुस्तक लोकार्पण गरिएको छ ।  दर्नालले लेखेको सो पुस्तक शुक्रबार एक कार्यक्रमका बीच सभामुख देवराज घिमिरेले लोकार्पण गरेका हुन् ।

पुस्तकमा विशेष गरी दलित समुदायको उत्पत्ति, इतिहास, सो समुदायको पुर्खौलि पेसा, जातिय भेदभाव तथा छुवाछूत, आर्थिक, राजनीतिक समस्या र दलित-गैरदलितबीच हुने अन्तरजातीय विवाह, प्रेम सम्बन्ध र जातीय कारणले आउने समस्या जस्ता विषय समेटिएका लेखक दर्नालले जानकारी दिए ।

त्यसैगरी दलित समुदायभित्र पनि गन्धर्व समुदायको अवस्था, जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ को कार्यान्वयनको अवस्था, दलित समुदायले पाउँदै आएको आरक्षण, सार्क मुलुकमा दलित समुदायभित्र पनि दलित महिलाले भोग्नुपरेको समस्या, बादी महिला र संघर्षका कथा÷व्यथालाई पुस्तकमा समावेश गरिएका छन् । साथै इतिहास रच्ने दलित नेपाली महिला, संसद्मा दलित प्रतिनिधित्वको अवस्था, निजामती सेवामा दलित महिलाको अवस्था, समावेशीकरण, दलित समुदायका सांसदसँगको अन्तरवार्ता पुस्तकमा रहेका लेखक दर्नालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved