बसन्त चौधरीले ल्याए उपन्यास ‘देवयानी’

नेपालभ्युज

बसन्त चौधरीले ल्याए उपन्यास ‘देवयानी’
तस्वीर : विकास रौनियार

ललितपुर । उद्यमी तथा साहित्यकार बसन्त चौधरीको पहिलो उपन्यास ‘देवयानी’ बजारमा आएको छ । ललितपुरको पुल्चोकमा आयोजित समारोहमा कृतिको डिजिटल सार्वजनिकीकरण गरिएको छ ।

कार्यक्रममा उमा सुवेदी,अमर न्यौपाने, वविता बस्नेत, विश्वविमोहन श्रेष्ठ र कुमारी लामाले उपन्यास देवयानीप्रति डिजिटल रुपमै टिप्पणी गरेका थिए । उनीहरूले उपन्यास बैवाहिक सम्बन्धको वरिपरि घुमेको वताए । उपन्यासले वर्तमान समाजको यथार्थ चित्रलाई चित्रण गरेको उनीहरूको विश्लेषण थियो ।

पात्रहरूको शक्तिशाली उपस्थित गराएर प्रेमका विभिन्न आयामहरूमा उपन्यास लेखिएको भन्दै उनीहरूले नारी मनोविनोदलाई प्रधानाता दिइएको बताए ।

कार्यक्रममा एक प्रश्नको उत्तरमा चौधरीले पाँच दशक लामो लेखनीमा पहिलो उपन्यास दुई वर्ष लगाएर लेखेको रहस्य खोले । उनले छोटा कथाहरू लेखेको अनुभवले उपन्यासको कथाको प्लट तयार पार्न सजिलो भएको बताए । उनले आफूले अहिलेसम्म इमानदार भएर कलम चलाएको बताए ।

लेखनीको मूख्य विषय प्रेम नै किन भन्ने प्रश्नमा उपन्यासकार चौधरीले भने– ‘अनादीकालदेखि अहिलेसम्म स्थिर केही छ भने त्यो प्रेम हो । यसैले मैले प्रेमलाई सिर्जनामा रुपान्तरित गरेको हुँ । उपन्यासको कथा बारे सोधिएको प्रश्नमा चौधरीले हरेक लेखकले आफ्नो वरिपरि नियाली रहेको हुन्छ देखेका,सुनेका र आफ्ना भोगाइहरूको समिश्रणबाट कृति तयार हुन्छ । तर, यो चाहि फिक्सन मात्र हो ।’

कार्यक्रममा प्रकाशकको तर्फबाट आन्विका गिरीले चौधरीमार्फत नेपाली समाजका छट्पटाहट बोलिएको बताइन् ।

दर्जनौँ विभिन्न विधाका कृति प्रकाशन गरिसकेका उपन्यासकार चौधरीको ‘देवयानी’लाई साङ्ग्रिला प्रकाशनले बजारमा ल्याएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved