मलाई ओलीले ‘राजनीतिमा आऊ’ कहिल्यै भन्नुभएको छैन : राधिका शाक्य

नेपालभ्युज

मलाई ओलीले ‘राजनीतिमा आऊ’ कहिल्यै भन्नुभएको छैन : राधिका शाक्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफूलाई राजनीतिमा आउनको लागि कुनै चासो नभएको बताएकी छन् ।

काठमाडौंमा सोमबार आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’को अन्तरक्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र ? भन्दै प्रश्न गरिन् । शाक्यले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरू पनि गुम्ने संकेत गरिन् ।

‘तपाईँ राजनीतिमा पो सल्बलाउन थाल्नु भएको हो की भन्ने पत्रकारहरूका प्रश्न आएका छन् । यसमा सबैजना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन । मैले आफ्नो उर्जाशील जवानीमा त राजनीति गरिनँ । अब निभ्न लागेको बत्ती भनेकोजस्तै आजको यो उमेरमा किन राजनीतिमा आउछु र । के पाउछु र ?’ उनले भनिन्, ‘अहिले चुप लागेर बसेकी छु । र त धेरै कुरा प्राप्त गरकी छु । जहाँसम्म लाग्छ राजनीतिमा लागेको भए यति कुरा पनि पाउँदिन थिए होला ।’

यस्तै, शाक्यले ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि भनेर कता–कता प्रश्न गरेको सुनेको पनि बताइन् । ‘मलाई केपी ओलीले राजनीतिमा आऊ वा सक्रिय बन कहिल्यै भन्नुभएको छैन । आफू राजनीति गर्न भनेर आएको पनि होइन्,’ उनले भनिन्,’ ‘म आफैँले पनि राजनीति गर्छु भनेर भनेकी छैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved