विपद् अपडेट : काठमाडौं उपत्यकामा ६६ जनाको मृत्यु, देशभर १९ जना बेपत्ता

नेपालभ्युज

विपद् अपडेट :  काठमाडौं उपत्यकामा ६६ जनाको मृत्यु, देशभर १९ जना बेपत्ता

काठमाडौं । असोज ११ र १२ मा  अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी काठमाडौं उपत्यकामा ६६ जनाको मृत्यु भएको छ ।

सोमध्ये ललितपुरमा सबैभन्दा धेरैको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरमा ४४ जना, काठमाडौंमा १७ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।

हालसम्म देशभर २३६ जनाको मृत्यु पुष्टि भएको छ । कोशी प्रदेशमा २० जना, मधेसमा ९ जना, बागमतीमा १३९ जना, लुम्बिनी  र गण्डकीमा २/२ जनाको  मृत्यु भएको प्रहरीको तथ्यांक छ ।

देशभर  १७ हजार १३१ जनाको उद्धार गरिएको छ  । सोही घटनामा हालसम्म १९ जना बेपत्ता भएका  छन् ।


Comment

One thought on “विपद् अपडेट : काठमाडौं उपत्यकामा ६६ जनाको मृत्यु, देशभर १९ जना बेपत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved