दुई छोरीको हत्या अभियोगमा पक्राउ परेकी महिला पुर्पक्षका लागि थुनामा

नेपालभ्युज

दुई छोरीको हत्या अभियोगमा पक्राउ परेकी महिला पुर्पक्षका लागि थुनामा

काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी २१ वर्षीया अस्मिता पौडेल (कार्की)लाई पुर्पक्षका लागी थुनामा पठाइएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

श्रीमान अर्जुन कार्कीसँग विवाद भएपछि १४ भदौमा १ वर्षीया  र ३ वर्षीया छोरीलाई लिएर घरबाट हिडेकी उनले भोलिपल्ट  केरा बगानमा  विष खुवाएर उनीहरुको हत्या गरेको अनुसन्धानमा खुलेको थियो  ।

उनी १९ भदौमा  झापाको बिर्तामोडबाट पक्राउ परेकी थिईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved