नासल चोकको दशैं घरमा राखियो जमरा (तस्वीरहरू)

आज बिहान नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैंघरमा विधिपूर्वक जौ, धान, मकै लगायतका अन्न छरेर जमरा राखिन्छ

नासल चोकको दशैं घरमा राखियो जमरा (तस्वीरहरू)

काठमाडौं। आज आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना। यसै अवसरमा हनुमानढोकास्थित नासल चोकमा रहेको दशैंघरमा ९ बजेर १६ मिनेटको शुभ साइतमा आज  घटस्थापना गरिएको छ। सो अवसरमा नेपाली सेनाको गुरुजुका पल्टनले मङ्गल धुन बजाउनुका साथै हर्षबढाइँ पनि गरेका छन्।

घटस्थापना गरिएसँगै नेपाली हिन्दुहरूको ठूलो महान् चाड बडादशैं सुरु भएको छ। बडा दशैंको पहिलो दिन घटस्थापनाका दिन शुभ साइत पारेर घर-घरमा जमरा राखेपछि दशैं सुरु भएको मानिन्छ।

बडादशैंको मुख्य दिन विजया दशमीमा भगवती देवी दुर्गाको प्रसादको रूपमा त्यही जमरा र टीका लगाइन्छ । यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

आज बिहान नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैंघरमा विधिपूर्वक जौ, धान, मकै लगायतका अन्न छरेर जमरा राखिन्छ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved