‘महजोडी’ले नाटक ‘मह यात्रा’ ल्याउँदै

नेपालभ्युज

‘महजोडी’ले नाटक ‘मह यात्रा’ ल्याउँदै

काठमाडौं । नेपाली हास्यव्यंग्यको क्षेत्रमा ‘महजोडी’का नामले चर्चित मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीले दशैंका अवसरमा नयाँ नाटक प्रदर्शन गर्ने घोषणा गरेको छ ।

यो नाटकको शीर्षक ‘मह यात्रा’ रहेको छ । जसले हास्यव्यंग्यको माध्यमबाट समाजप्रति सन्देश दिने उद्देश्य राखेको छ ।

नेपाली दर्शकहरूलाई हास्य र व्यंग्यको शैलीमा मनोरञ्जन दिनकै लागि चिनिएका ‘महजोडी’ले यस पटक विशेषरूपमा दशैंको अवसरमा नयाँ नाटक प्रस्तुत गर्न लागेको हो ।

नाटकमा कलाकारहरू राजाराम पौडेल, शिवहरी पौडेल, दमन रूपाखेती, लगायतले पनि अभिनय गर्नेछन् ।

‘मह यात्रा’को मञ्चन कात्तिक २१ गतेदेखि सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved