पुँजीवादी प्रणालीले राम्रो काम गरिरहेको देश स्वीट्जरल्यान्डको चर्चा पहिलो शृङ्खलामा गरिसक्यौँ । अब त्यस्तै दुई देश ताइवान र भियतनामबारे चर्चा गरौँ ।
दोस्रो विश्वयुद्धपश्चात् जापान, दक्षिण कोरिया र ताइवानलाई ‘एसियाली चमत्कार’ भन्न थालियो । किनकि यि अरु गरिब देशले भन्दा अनुसन्धान तथा विकासमा अझ भारी खर्च गरे र तीव्र गतिमा उदय हुँदै धनी देशको श्रेणीमा पुगे ।
सक्षम सरकार र निर्यातमूलक उत्पादन गर्ने उद्योगसँग साझेदारीले यस्ता चमत्कार निर्देशित थिए । दक्षिण कोरियाका रखवाला सामसुङ र हुन्डाई अहिले धेरै ठूला कम्पनी बनेका छन् । यसलाई उदाहरणका रूपमा लिन सकिन्छ ।
आज ताइवान यस्ता चमत्कारमध्ये सबैभन्दा चाखलाग्दो देश बनेको छ । आफ्नै विश्वव्यापी ब्राण्डअन्तर्गत वस्तुहरू बेच्ने बहुराष्ट्रिय कम्पनीको साटो विदेशी उत्पादक कम्पनीका लागि पार्टपूर्जा उत्पादन गर्ने साना कम्पनीहरू ताइवानको चमत्कारका रहस्य हुन् ।
ताइवानले हालैका वर्षमा दक्षिण कोरिया र अमेरिकालाई उन्नत कम्प्युटर चिप्स, कृत्रिम बौद्धिकताका लागि संवेदनशील निर्माण ब्लकहरू र भविष्यका अन्य उद्योगका लागि विश्वकै नेतृत्वदायी आपूर्ति गरिरहेको छ ।
सन् १९७० सम्म ताइवान लत्ताकपडा र परिधानको एक प्रारम्भिक निर्यातकर्ता थियो । त्यसपछि यसले आफ्ना मित्र राष्ट्र र पश्चिमा प्रविधिको नक्कल गरेर अर्थतन्त्रलाई आधुनिकीकरण गर्न थाल्यो । सन् १९८० मा ताइवान सरकारले सिलिकन भ्यालीको सिको गरेर आफ्नै कलेज र विश्वविद्यालयमा विज्ञान प्रविधि पार्क बनाउन थाल्यो । यसले देशभरि सन्तुलित क्षेत्रीय बृद्धिलाई सुनिश्चित गर्यो ।
त्यस्ता पार्क स्टार्टअप कम्पनीहरूको गर्भगृह बने । यसले विश्वविद्यालयका प्रतिभालाई तान्थ्यो । अनुभवी आप्रवासीलाई स्वदेश फर्काउन सरकारी लाभहरूको प्रयोग गर्दथ्यो । तीमध्ये केही स्टार्टअपहरू ठूलो कम्पनीका रूपमा अघि बढे ।
चिप उद्योग निर्माण गर्न ताइवानले एआईटी स्नातक तथा टेक्सास उपकरण दिग्गज मोरिस चाङलाई नियुक्त गर्यो । ताइवानले एकपटक विश्वको ठूलो कम्पनी मटेलका लागि प्यास्टिकका खेलौना बनाउने गर्दथ्यो, त्यसैगरी चाङले ताइवाानलाई चिप निर्माताका रूपमा विश्वव्यापी सम्झौता गर्न सक्ने बनाए ।
उनले चिप्स फेब्रिकेसन प्यान्टको निर्माणमा अर्बौँको बाजी मारे । यहाँसम्म कि प्रतिद्वन्द्वी देशहरूमा समेत अतुलनीय नेतृत्वदायी भूमिका निर्माण गरे । उन्नत डिजिटल प्रविधिका लागि अपरिहार्य सबैभन्दा साना र तीव्र गतिका चिप्स बनाए । त्यस्ता ‘फाउन्ड्री चिप्स’ को दुई तिहाइ आज ताइवानमा मात्र बन्छ ।
ताइवानमा सार्वजनिक खर्च जिडिपीको २० प्रतिशतको हाराहारीमा छ । सार्वजनिक ऋण जिडिपीको करिब ३४ प्रतिशत छ । प्रति ३० मध्ये एक जना कामदारले मात्र राज्यको रोजगारी पाउँछ । यसका अन्य सबै सूचकाङ्क विकासशील देशहरूको औसतभन्दा माथि छन् ।
त्यसमध्ये पनि सबैभन्दा धेरै चाङले सृजना गरेको ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टिएसएमसी) मा बन्छन् । टिएसएमसी अहिले धेरैजसो पश्चिमा राजनीतिज्ञहरूले अङ्गालेका औद्योगिक नीतिको उत्पादन हो तर, चाङ र ताइवानको मामिलामा एक सुव्यवस्थित सरकारको कार्यान्वयन हो ।
ताइवानमा सार्वजनिक खर्च जिडिपीको २० प्रतिशतको हाराहारीमा छ । सार्वजनिक ऋण जिडिपीको करिब ३४ प्रतिशत छ । प्रति ३० मध्ये एक जना कामदारले मात्र राज्यको रोजगारी पाउँछ । यसका अन्य सबै सूचकाङ्क विकासशील देशहरूको औसतभन्दा माथि छन् ।
सरकारको खर्चकर्ता, ऋणी, नियमक र रोजगारदाता सबै भूमिकालाई सीमित गर्दै ताइवानले आफ्नो भारभन्दा पनि ठूलो अर्थतन्त्र सृजना गरेको छ ।
टिएसएमसी अब टापुकै सर्वाधिक उत्कृष्ट प्रतिभालाई किन्न सक्ने भएको छ । संसारकै सबैभन्दा ठूला प्राविधिक संस्थामध्ये एकका रूपमा स्थिर भएको छ । ताइवान साना उद्यमीहरूको जरामा उभिएको समतामूलक अर्थतन्त्रको दृष्टान्तका रूपमा ईर्ष्यालाग्दो भएको छ ।
तर, पनि चाङ अमेरिकी प्रविधि टाइकुन एलन मस्क र जेफ बेजोसजस्तो आर्थिक असमानताविरुद्ध सार्वजनिक विरोधको केन्द्र बनेका छैनन् । कम्तीमा उनको करिब २ बिलियन डलर बराबरको कुल सम्पति अन्य त्यस्ता कार्यकारीहरूको भाग्यको तुलनामा एक अङ्क मात्र हो ।
ताइवानले ठूला बैंक र निगमलाई ती फस्दा वित्तीय बजारबाट उद्धार गर्न ठूलो जमानत दिँदैन । यहाँ सरकारले प्रत्येक नयाँ आर्थिक सङ्कटको सामना उदारवादी राहतबाट गर्दछ । ताइवानले कोभिड १९ को अवधिमा समेत संयमता अपनायो ।
सन् २०२० मा ताइवानको वित्तीय तथा मौद्रिक प्रोत्साहनको संयुक्त अंश जिपिडीको ७ प्रतिशतभन्दा पनि कम थियो । अमेरिका, युरोप, बेलायत र जापानले पारित गरेका प्रोत्साहन प्याकेजको औसतको एक-पाँच खण्ड मात्र थियो । ताइवानका कर दर विकसित अर्थतन्त्रका लागि सामान्य हुन् । तर, यसको खर्च गर्ने तरिका भने फरक छ । सामाजिक कार्यक्रम र स्वास्थ्य सेवामा थोरै, शिक्षा र अनुसन्धानमा व्यापक । यसैको परिणाम असाधारण उत्पादकत्व हो ।
यसको प्रतिकामदार उत्पादन बितेका ४ दशकमा प्रत्येक वर्ष जी-४ देशको भन्दा द्रुत गतिमा बढेको छ । बितेका ४ वर्षमा मात्रै यो ८ गुणाले बढेको छ । यसैको परिणाम हो कि ताइवानको जिपिडीमा असामान्य उच्च अंश उत्पादनमूलक उद्योगबाट आउँछ । जिडिपीमा औद्योगिक क्षेत्रको योगदान ३० प्रतिशत छ ।
अमेरिका र चीनबीचको उदाउँदो नयाँ शीतयुद्धमा ताइवान एक तटस्थ राष्ट्र बन्न खोज्दैछ । संसारकै सबैभन्दा उन्नत कम्प्युटर चिप्स उत्पादकका रूपमा ताइवान विश्व आपूर्ति शृङ्खलाको एक अपरिहार्य कडी हो । ताइवानसँगको पहुँच बिना न चीनले न अमेरिकाले वैश्विक प्रविधि सर्वोच्चताको महत्वाकाङ्क्षा पूरा गर्न सक्दछन् ।
यद्यपि, यस्तो महत्त्वपूर्ण भूमिकाले उच्च जोखिम पनि ल्याउँछन् । अमेरिकी प्रतिरक्षा विश्लेषक यसर्थ चिन्तित छन् कि ताइवानका चिप निर्माण प्लान्ट चीन मूल भूमिबाट १०० माइल मात्र टाढा छन् । ती चिनियाँ नौसैनिक नाकाबन्दी तथा मिसाइल आक्रमण धम्कीको जोखिममा छन् ।
यो ताइवानको स्थायी चिन्ताको स्रोत हो र साथै सफलताको श्रद्धाञ्जली पनि बन्न सक्दछ ।
ताइवानले स्टार्टअप उत्पादन, भीषण सम्पत्ति सृजना, उचित वितरणमार्फत राम्रो व्यावसायिक वातावरण सृजना गरेको छ । यदि चीनले ताइवानको अन्तर्राष्ट्रिय मान्यतालाई रोक्न अनेक सफलतापूर्ण प्रयत्न गरेको थिएन भने ताइवान अझ सफल हुन सक्दथ्यो र यसको पुँजीवादी लोकतन्त्रको मोडेल अझ व्यापक अध्ययन गरिने थियो ।
पश्चिममा कसैकसैले प्रशंसा गर्ने गरेको चिनियाँ राज्य पुँजीवादले अहिले आफ्नो आर्थिक चमत्कारलाई आफैँ खाँदैछ । आज प्रयोजनवादी कम्युनिष्ट सरकारले नेतृत्व गरिरहेको भियतनाम भने २० वर्ष अघिको चीनजस्तै देखिन्छ । चीनको भन्दा दशांश कम जनसङ्ख्या भएको भियतनामले चीनकै जस्तो विश्व प्रभाव त पार्ने छैन । तर, यो एकदलीय अधिनायकवादी शासन प्रणालीमा पनि पुँजीवादले राम्रो काम गर्न सक्दछ भन्ने राम्रो उदाहरण बनेको छ ।
चीनको आर्थिक उदय सन् १९७० को दशकको उत्तरार्धबाट मात्र सुरु भएको हो । त्यो त्यतिखेर सम्भव भयो, जब देशमा माओको प्रभुत्व समाप्त भयो र उनका उत्तराधिकारीले राज्यको नियन्त्रण खुकुलो पारे । देशको नगन्य निजी क्षेत्रले आज शहरी रोजगारी र जिडिपीमा आधाभन्दा बढी हिस्सा ओगटेको छ ।
यसबीच विश्वको जिडिपीमा चीनको अंश ३ गुणाले बढ्यो र १५ प्रतिशत पुग्यो । अब चीन विश्व शक्तिका रूपमा खडा भयो । तर, सन् २०१० को दशकको उत्तरार्धतिरबाट चीनले फेरि राज्यको नियन्त्रणमा जोड दिन थाल्यो । तसर्थ, चिनियाँ वृद्धि अहिले तीव्र रूपमा सुस्त हुँदैछ ।
पश्चिममा कसैकसैले प्रशंसा गर्ने गरेको चिनियाँ राज्य पुँजीवादले अहिले आफ्नो आर्थिक चमत्कारलाई आफैँ खाँदैछ । आज प्रयोजनवादी कम्युनिष्ट सरकारले नेतृत्व गरिरहेको भियतनाम भने २० वर्ष अघिको चीनजस्तै देखिन्छ ।
चीनको भन्दा दशांश कम जनसङ्ख्या भएको भियतनामले चीनकै जस्तो विश्व प्रभाव त पार्ने छैन । तर, यो एकदलीय अधिनायकवादी शासन प्रणालीमा पनि पुँजीवादले राम्रो काम गर्न सक्दछ भन्ने राम्रो उदाहरण बनेको छ ।
गृहयुद्धले ध्वस्त भएको भियतनाम सन् १९८० को दशकको अन्त्यसम्म पनि सोभियत सङ्घको कृपामा बाँचिरहेको थियो । वृद्धि ठप्प थियो । मुद्रास्फीतिको दौड ७०० प्रतिशत हुन्थ्यो ।
यसको प्रतिक्रियास्वरूप हनोईले सामूहिक खेती प्रणाली खारेज गर्यो, जग्गा व्यक्तिलाई भाडामा दिन थाल्यो, निजी क्षेत्रलाई व्यवसाय गर्न खुला गर्यो, उत्पादनहरू देशभित्र र बाहिर मुनाफामा बेच्न पाइने अनुमति दियो । यसले गर्दा उत्पादन बढ्यो ।
लामो समयसम्म भोकसँग सङ्घर्ष गरिरहेको चामम आयातकर्ता देश निर्यातकर्ता बन्यो । अहिले पनि धेरै देशले व्यापार व्यवधान बढाइरहेका छन् तर, भियतनाम भने खुला बजारको च्याम्पियन बनेको छ ।
चीनको प्रारम्भिक आर्थिक सुधार मोडेल पछ्याउँदै भियतनामले निर्यातमूलक उद्योग स्थापनामा आफ्नो स्रोत र सामर्थ्य परिचालन गर्यो । मौद्रिक स्थिरता र मुद्रास्फीति नियन्त्रणका लागि बजेट घाटा छोप्न थाल्यो । निजी क्षेत्रलाई ऊर्जाशील बनाउन ११ हजारभन्दा बढी राज्यको स्वामित्वमा रहेका कम्पनीहरू बेच्यो ।
सन् २०१० दशकको अन्त्यसम्म ६०० मात्र राजकीय स्वामित्वका कम्पनी बाँकी थिए । वस्तुलाई बजारसम्म ल्याउन, मजदुरलाई शिक्षालय, कार्यालय र कार्यकक्षासम्म पुर्याउन यातायात प्रणालीमा ठूलो लगानी गर्यो ।
समान आयस्तर भएका अन्य देशका तुलनामा भियतनामले अहिले विश्व बैंकबाट भौतिक पूर्वाधार विकासका लागि उच्च अङ्क प्राप्त गर्न थालेको छ । भियतनामका विद्यालयहरूको अन्तर्राष्ट्रिय श्रेणीकरण विश्वका शीर्ष १० भित्र छ, जो अमेरिकालगायत धेरै विकसित देशहरूको भन्दा पनि उच्च हो ।
दक्ष श्रमशक्तिले अझ परिष्कृत सामान उत्पादन गर्दैछन् । सामसुङ र एप्पलजस्ता ठूला स्मार्टफोन कम्पनी देशमा आएका छन् । भियतनामको आर्थिक वृद्धि बहुदशकीय एसियाली चमत्कारसँग मिल्दोजुल्दो हुँदैछ । २० प्रतिशतले निर्यात वृद्धि भएको छ । जिडिपी वृद्धिदर ५ प्रतिशतभन्दा माथि छ ।
बितेको ३ दशकमा भियतनामको औसत वार्षिक आम्दानी ३ गुणाले बढेर ३००० डलर पुगेको छ । गरिबीबाट निस्केर निम्न मध्यम आय वर्गमा परेको छ । दैनिक २ डलरभन्दा कममा जीवन बाँच्ने जनसङ्ख्या अनुपात ६० प्रतिशतबाट घटेर ५ प्रतिशतमा आइपुगेको छ । करिब ९० प्रतिशतले स्वास्थ्य सेवा पाएका छन् । बिजुली नभएका घर १ प्रतिशतभन्दा पनि कम छन् । यसरी भियतनाम गरिबीविरुद्धको सङ्घर्षमा एक अगुवा देश बनेको छ ।
एक कार्यशील पुँजीवादी प्रणालीले ठूला गोजी भएका धनी उत्पादन गर्नु स्वाभाविक हो । सन् २०१३ मा भियतनामले आफ्नो पहिलो अर्बपति उत्पादन गर्यो— फाम न्हान्ट बुओङ । उनी रुसको एक विश्वविद्यालयका स्नातक हुन् । युक्रेनमा चाउचाउ बनाएर उनले स्टार्टअप गरेका थिए । यो उद्यम विङग्रूपका रूपमा विकसित भयो ।
उनी एक स्वनिर्मित अर्बपति हुन् । तसर्थ, उनको सफलतालाई दानवीकरण गर्नुको साटो उत्सवीकरण गरिने सम्भावना छ । किनकि उद्यमशील समाजले वास्तविक प्रगतिको अर्थ बुझ्न थालेको छ ।
अब प्रश्न यो छ कि भियतनामको यस्तो आर्थिक तरक्की कहिलेसम्म अघि जाला ? तानाशाही शासनले विकासको प्रारम्भिक चरणमा राम्रो काम गर्न सक्दछ । बलिया नेताहरूले सडक निर्माणजस्ता साधारण कार्य गर्न अधिक शक्ति लगाउन सक्दछन् ।
समयसँगै लोकतान्त्रिक सन्तुलन र नियन्त्रण आवश्यक पर्दछ । निरङ्कुशहरूले प्रायः नीतिगत निर्णयलाई विवेकहीन अतिवादतिर धकेल्दछन् । यसबाट उत्पन्न हुने सङ्कटले तिनका देशलाई पछाडितिर धकेल्दछ ।
भियतनामको कम्युनिष्ट पार्टी आधा शताब्दीदेखि सत्तामा छ । अहिलेसम्म चमत्कार अन्त्यको सङ्कट ल्याउने कुनै वित्तीय चेतावनीका सङ्केत उत्पन्न भएका छैनन् । तथापि नयाँ पार्टी महासचिव ल्यामको शक्ति संकेन्द्रणले यसको ट्रयाक रेकर्ड परिक्षण गर्न सक्दछ ।
यद्यपि, तुलनात्मक रूपमा अब थोरै भएका छन् तर, भियतनामका जीवित राजकीय निगमहरू निकै ठूला छन् । ती जिडिपीको एक तिहाइ गणना हुन्छन् । धेरै सँग बैकिङ प्रणालीको खराब कर्जा छ । यदि समस्या आयो भने यिनै अपारदर्शी राजकीय निगमबाट सुरु हुन सक्दछ ।
आज भने भियतनामले समृद्धिको बाटो निर्यात गरिरहेको छ, त्यो हो— कम्युनिष्टहरूले पनि मानिसलाई थप आर्थिक स्वतन्त्रता दिएर, राज्यको भूमिकालाई सुव्यवस्थित गरेर पुँजीवादको सफलतापूर्वक व्यवस्थापन गर्न सक्दछन् भन्ने प्रमाणित गर्दैछ ।
(फरेन अफेयर्सबाट अनुदित)
Facebook Comment
Comment