सुख्खा पहिरोमा बेपत्ता भइन् टनि पुन

नेपालभ्युज

सुख्खा पहिरोमा बेपत्ता भइन् टनि पुन

गुल्मी । सुक्खा पहिरोमा परी यहाँको मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित एक महिला बेपत्ता भएकी छन् । ६९ वर्षीया टनि पुन आइतबारदेखि बेपत्ता भएकी हुन् ।

घर नजिकै रहेको मनकामना सामुदायिक वनमा गोरु चराउन गएको बेला सुक्खा पहिरो झरेको थियो । त्यसपछि उनी बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो गएको ठाउँमा आज खोजतलास गर्ने क्रममा दुइवटा गोरू मरेको भेटिएको प्रहरीले जनाएको छ । उक्त सामुदायिक वनको छ सय मिटर माथिबाट सुक्खा पहिरो गएको छ ।

उनी अझै सम्पर्कमा नआएकोले पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकरप्रसाद पोख्रेलले जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved