संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था छैन : गृहमन्त्री लेखक

नेपालभ्युज

संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

संविधान दिवसको सन्दर्भमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा लेखकले संविधान जारी भएको १० वर्षमा समीक्षा गर्नुपर्ने भएकाले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

उनले संविधान कार्यान्वयनको समीक्षामार्फत् सबल र दुर्बल पक्षको पहिचान गर्दै राष्ट्रियस्तरको छलफल गरेर यसलाई परिमार्जन गर्नुपर्ने धारणा राखे ।

संविधान संशोधन एउटा कार्यालयको पार्टी कार्यालयबाट नहुने भन्दै सबै राजनीतिक पार्टीकाबीचमा सहकार्यबाट संसदबाट गर्नुपर्ने उनले बताए । लेखकले संविधानका आधारभूत विषयका माध्यमबाट मुलुकमा दिगो शान्ति, विकास र समृद्धि गर्नका लागि मिलेर जानुपर्ने उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved