ट्रम्प-ह्यारिस प्रेसिडेन्सियल डिबेट : एकअर्कालाई कमजोर करार, आफैँ सत्य भएको दाबी 

नेपालभ्युज

ट्रम्प-ह्यारिस प्रेसिडेन्सियल डिबेट : एकअर्कालाई कमजोर करार, आफैँ सत्य भएको दाबी 

काठमाडौं । अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतीय चुनाव हुँदैछ । चुनावी मैदानमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम र बहालवाला उपराष्ट्रपति कमला ह्यारिस आमनेसामने छन् ।

उनीहरूले प्रेसिडेन्सियल डिबेट अर्थात् राष्ट्रपतीय बहस गरेका छन् । चुनावी नीति तथा कार्यक्रम केन्द्रित डिबेटमा उनीहरूले एकअर्कालाई दोषारोपण तथा आरोप-प्रत्यारोप गरेका छन् ।

सुरुमा आप्रावासी र सिमानाको प्रसङ्ग निकाल्दै ट्रम्प कमलामाथि खनिएका थिए । यस्तै मुद्रास्फीतिबारे आफ्नो धारणा राख्दै ट्रम्पले बाइडेन-ह्यारिस प्रशासनले आफ्नै नीति र लक्ष्य पूरा गर्न नसकेको बताए । उनले बाइडेन-ह्यारिस प्रशासनको सख्त आलोचना गरे ।

ह्यारिसले राष्ट्रव्यापी गर्भपतनमाथि लगाएको निषेधाज्ञाको प्रसङ्ग झिक्दै ट्रम्पमाथि दोष थुपारिन् । उनले ट्रम्पको कार्यशैलीमाथि पनि निन्दा गर्न पुगिन् ।

उनले सन् २०२१ को जनवरी ६ मा भएको आक्रमणका लागि स्वयम् ट्रम्प नै दोषी भएको दाबी मात्रै गरिनन्, ट्रम्पलाई सुध्रिनसमेत भनिन् ।

राष्ट्रिय सुरक्षा तथा वैदेशिक नीतिबारे ट्रम्प गलत र कमजोर रहेको ह्यारिसले औँल्याइन् भने ट्रम्पले बाइडेन-ह्यारिस प्रशासनलाई दोषारोषण गरे ।

उनीहरू दुवैले एकअर्कालाई कमजोर करार मात्रै गरेनन्, आगामी चुनावका लागि झुटो नीति तथा बाचा गरिरहेको भन्दै दोषारोपण गर्न पछि परेनन् ।

  • सम्बन्धित सामग्रीहरू

कमलालाई ‘ह्यारिस डक्ट्रिन’ स्थापना गर्न सात अवसर

अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी हुनसक्ने यी ५ कारण

वृद्ध ट्रम्पविरुद्ध ऊर्जावान् ह्यारिस : विगतका कमजोरी सुधार्दै बन्लिन् राष्ट्रपति ?

ह्यारिसलाई कमजोर देखाएर चुनाव जित्ने ट्रम्पका तीन रणनीति

ट्रम्पको नस्लीय प्रश्न : ह्यारिस अश्वेत कि भारतीय ?

चीनको मनमा को छ ? ट्रम्प कि ह्यारिस ?

‘ह्यारिस तीन प्रमुख राज्यमा ट्रम्पभन्दा अगाडि’

कमला ह्यारिसलाई ‘कम्युनिष्ट’ भन्नु ट्रम्प आत्तिएको लक्षण


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved