आफ्नै घरमा काम गर्ने बालिकामाथि ३ वर्षदेखि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

नेपालभ्युज

आफ्नै घरमा काम गर्ने बालिकामाथि ३ वर्षदेखि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

काठमाडौं । आफ्नै घरमा काम गर्ने बालिकामाथि ३ वर्षदेखि लगातार बलात्कार गर्दैआएको आरोपमा ५४ वर्षीय एक पुरुषलाई घरबाटै पक्राउ गरिएको छ ।

आफ्नै घरमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी बालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौँ महानगरपालिका १४ कुलेश्वर आवासीय क्षेत्रबाट ती पुरुषलाई पक्राउ गरिएको हो ।

काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको बाल श्रम विरुद्धको अभियान अन्तर्गत महानगर, बाल हेल्पलाइन, बालबालिका खोज तलास केन्द्र १०४, र राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त अनुगमन तथा जाहेरी प्रतिवेदनका आधारमा उनकै घरबाट पक्राउ गरिएको हो ।

बालिकाले आफू जोखिममा रहेको सूचना दिएपछि अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा पक्राउ गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

गएको ६ वर्षदेखि त्यही घरमा आफू घरेलु कामदारका रूपमा रहेको र गएको ३ वर्षदेखि आफूमाथि जवर्जस्ती करणी गरिरहेको बालिकाले बताएकी छन् । उनी अहिले १७ वर्षकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved