एनसेलले पलेशा र पेरिस पारालिम्पिक्समा खेल्ने नेपाली खेलाडीलाई सम्मान गर्ने 

नेपालभ्युज

एनसेलले पलेशा र पेरिस पारालिम्पिक्समा खेल्ने नेपाली खेलाडीलाई सम्मान गर्ने 

काठमाडौं । एनसेलले ऐतिहासिक पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन र पेरिस पारालिम्पिक्समा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई सम्मान गर्ने भएको छ ।

एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरूप यो सम्मानको घोषणा गरेको हो ।

पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरू तथा प्रशिक्षकहरूको सम्मान स्वरूप एनसेलले पलेशालाई १० लाख रुपैयाँ र अन्य सहभागी पारा खेलाडीहरू तथा प्रशिक्षकहरूलाई पनि थप कुल १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved