कुशे औँसी; गोकर्णेश्वरमा पितृ श्राद्ध गर्नेको भिड (तस्वीरहरु)

कुशे औँसी; गोकर्णेश्वरमा पितृ श्राद्ध गर्नेको भिड (तस्वीरहरु)

काठमाडौँ। हिन्दु धर्मावलम्बीहरूले आज कुशे औँसी पर्व मनाउँदै छन्। भाद्र कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बुबाको मुख हेर्ने, बुवालाई विशेष सम्मान गर्ने र बुबा नहुनेहरूले तीर्थमा गई श्राद्ध, पिण्ड दान र जलदान गर्ने परम्परा रहिआएको छ।

आजको दिन काठमाडौँको गोकर्णेश्वरमा श्राद्ध, तर्पण र दान गर्ने श्रद्धालुहरूको भिड लाग्दछ। त्यसैले कुशे औँसीलाई गोकर्ण औँसीसमेत भनिँदै आइएको छ।

कुशे औँसीका दिन हिन्दु धर्मावलम्बीहरूले वर्षभर देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँदछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणहरूद्वारा पूजा गरी छेदन गरेको कुश, पुरोहितहरूले यजमानहरूको घरघरमा पुर्‍याउने परम्परा पनि रहिआएको छ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। हिन्दुहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved