विश्वकप लिग–२ को तयारीका लागि राष्ट्रिय क्रिकेट टोली श्रीलंकातर्फ

सेप्टेम्बर २ देखि ९ सम्म नेपालले श्रीलंकामा अभ्यास गर्ने क्यानले जनाएको छ। 

नेपालभ्युज

विश्वकप लिग–२ को तयारीका लागि राष्ट्रिय क्रिकेट टोली श्रीलंकातर्फ

काठमाडौं। आइसीसी विश्वकप लिग–२ क्रिकेट को तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका उडेको छ। आइतबार नेपाल क्रिकेट संघ क्यानले क्याम्पका लागि टोलीलाई श्रीलंका पठाएको हो।

सेप्टेम्बर २ देखि ९ सम्म नेपालले श्रीलंकामा अभ्यास गर्ने क्यानले जनाएको छ। भ्रमणमा नेपालले श्रीलंका डेभ्लपमेन्ट टोलीसँग ३, ५ र ७ सेप्टेम्बरमा तीन एकदिवसीय अभ्यास खेल खेल्ने छ।

भारतको नेसनल क्रिकेट एकेडेमी बेंगलोरमा दुई साता अभ्यास गरेर राष्ट्रिय टोली चार दिनअघि नेपाल फर्किएको थियो।

नेपालले रोहितकुमार पौडेलको कप्तानीमा श्रीलंका भ्रमणलाई १९ सदस्य टोली घोषणा गरिसकेको छ। सो टोलीबाट नै क्यानडा जाने अन्तिम टोली पनि टुंगो लगाइने छ।

नेपालको टोली:

रोहित पौडेल (कप्तान), करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, आकाश चन्द, सागर ढकाल, र सन्दीप लामिछाने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved