अमेरिकामा अर्की नेपाली युवतीको पनि निर्मम हत्या, मुनालाई गोली हान्ने हत्यारा अझै भेटिएनन् !

भोजपुर घर भएकी २१ वर्षीया मुना पाण्डेलाई आफू बसेकै अपार्टमेन्टमा सोमबार साँझ गोली हानेर मारिएको त्यहाँको प्रहरीले जनाएको छ ।

नेपालभ्युज

अमेरिकामा अर्की नेपाली युवतीको पनि निर्मम हत्या, मुनालाई गोली हान्ने हत्यारा अझै भेटिएनन् !

काठमाडौं । अमेरिकामा नेपाली नर्स ममता काफ्लेको प्रकरण सेलाउन नपाउँदै अर्की चेली पनि मारिएकी छिन् । टेक्सास राज्यको ह्युस्टनमा मुना पाण्डेको हत्या भएको हो ।

भोजपुर घर भएकी २१ वर्षीया मुना पाण्डेलाई आफू बसेकै अपार्टमेन्टमा सोमबार साँझ गोली हानेर मारिएको त्यहाँको प्रहरीले जनाएको छ ।

घटनाको खबर पाएपछि सोमबार साँझ साढे ५ बजेतिर ह्युस्टन प्रहरी घटनास्थलमा पुगेको थियो । त्यतिबेला मुना छातीमा गोली लागेको अवस्थामा मृत भेटिइन् ।

उनलाई धेरैवटा गोली हानिएको ह्युस्टन प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

तीज मनाउन नेपाल आउने तयारीमा थिइन् ममता, प्रतीक्षामा सजिएको घर डुब्यो शोकमा

स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् ।

नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमका अनुसार सुरुमा साथीसँग बस्ने गरेकी पाण्डे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन् ।

हालसम्म हत्यारा पत्ता लागेका छैनन् । घटनाबारे अनुसन्धान भइरहेको ह्युस्टन प्रहरीले जनाएको छ । पाण्डेकी आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छन् ।

ममताका श्रीमान् नरेशले केही महिनाअघि नै बनाएका थिए हत्याको योजना !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved