ममताका श्रीमान् नरेशले केही महिनाअघि नै बनाएका थिए हत्याको योजना !

गत अप्रिलमा नै भट्टले श्रीमतीको हत्या योजना बुनेको पाइएको छ । भट्टले आफ्नो कम्प्यूटरमा ‘श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?’ भनेर अनलाइनमा सर्च गरेको खुलेको छ ।

नेपालभ्युज

ममताका श्रीमान् नरेशले केही महिनाअघि नै बनाएका थिए हत्याको योजना !

काठमाडौं । नर्स ममता काफ्लेका श्रीमान् नरेश भट्टले केही महिनाअघि नै हत्याको योजना बनाएको खुलेको छ ।

वासिंटन पोस्टकाअनुसार गत अप्रिलमा नै भट्टले श्रीमतीको हत्या योजना बुनेको पाइएको छ । भट्टले आफ्नो कम्प्यूटरमा ‘श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?’ भनेर अनलाइनमा सर्च गरेको खुलेको छ ।

रिपोर्टका अनुसार भट्टले गत अप्रिलमा नै आफ्नो कम्प्युटरमा गुगल गरेका थिए, ‘श्रीमती मृत्युको कति समयमा विवाह गर्न मिल्छ ? कर्जामा रहेकी श्रीमतीको मृत्युपछि के हुन्छ ?’

हत्या भएको भनिए पनि भेटिएन ममताको शव, कार र घर बेचेर भाग्दै थिए नरेश !

श्रीमती काफ्लेको हत्याका लागि लामो समयदेखि तयारी गरिरहेको बलियो प्रमाणका रुपमा उक्त कुरालाई प्रहरीले अदालतमा बुझाएको छ ।

हाल भट्ट प्रहरीको हिरासतमा रहेका छन् । तर, उनले अपराध स्वीकार गरेका छैनन् । सोमबार उनलाई मनसास स्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो ।

सुनुवाइपछि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । हिरासतमुक्त गर्दा भाग्न सक्ने र समाजका लागि खतरा हुनसक्ने भन्दै न्यायाधीशले धरौटीमा छाड्न अस्वीकार गरेका छन् । अर्को सुनवाइ २४ अक्टोबरलाई तोकिएको छ ।

अमेरिकामा हराएकी ममतालाई श्रीमानले घरभित्रै हत्या गरेको प्रहरीको अनुमान, कोठामा भेटियो रगत

प्रहरीकाअनुसार ममताको ‘हत्या भएको’ निष्कर्ष प्रमाण प्राप्त भए पनि शव बरामद गर्न अझै सफल भइसकेको छैन ।

काभ्रे घर भएकी ममता गत ३० जुलाईबाट अमेरिकामा सम्पर्कविहीन छिन् । उनका श्रीमान्‌ले भने ६ अगष्टमा मात्रै प्रहरीमा औपचारिकरुपले रिपोर्ट गरेका थिए ।

नेपाली समुदायले सुरुदेखिन नै उनीमाथि शंका गरेका थियो । अन्ततः घरमा प्रहरीले खानतलासीपछि भट्टलाई पक्राउ गरेको हो ।

अमेरिकी दूतावास पुगेर ममता काफ्लेकी आमाले भनिन्- मेरी छोरी फिर्ता देऊ’ ! (भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved