नाडा अटो शो सुरु, हेर्नुहोस् यस्ता छन् ब्रान्ड (तस्वीरहरू)

नाडा अटो शो सुरु, हेर्नुहोस् यस्ता छन् ब्रान्ड (तस्वीरहरू)

काठमाडौं । नाडा अटो शो २०२४ सुरु भएको छ । भृकुटी मण्डपमा ६ दिनसम्म सञ्चालन हुने नाडा अटो शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका छन् ।

नाडा अटो शोले नेपालका अटो मोबाइल क्षेत्रका व्यवसायी र उपभोक्तालाई प्रत्येक वर्ष आकर्षित गर्दै आइरहेको छ ।

यस वर्षको प्रदर्शनीमा २४ वटा चार पाङग्रे ब्रान्डहरू, १९ वटा दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ वटा साना खाले व्यावसायिक सवारी साधनहरू प्रदर्शनीमा राखिएका छन्।

प्रदर्शनीमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज, उपकरण र अन्य अटो कम्पोनेन्टहरू सँग सम्बन्धी ३३ वटा कम्पनीहरू, ७ वटा वित्तीय संस्थाहरू सहित कुल ९५ प्रदर्शकहरूको १३० वटा स्टलहरू रहेका छन्।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ६ दिनको अवधिमा ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved