बस्ती हटाउने सर्वोच्चको आदेशलाई महानगरको निर्णय भनि पार्टीका नेताले भ्रम छरे : बालेन

नेपालभ्युज

बस्ती हटाउने सर्वोच्चको आदेशलाई महानगरको निर्णय भनि पार्टीका नेताले भ्रम छरे : बालेन

काठमाडौं । काठमाडौं महानगपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले नदी किनारमा रहेका बस्ती हटाउने सर्वोच्च अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीका नेता कार्यकर्ताहरुले भ्रम छरेको बताएका छन् ।

शाहले सामाजिक सञ्जालमार्फत् सर्वोच्चको आदेश आएपछि महानगरले सो आदेशलाई सूचीत गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचाको २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी मात्रै गराएको बताए ।

अदालतको आदेशअनुसार जनताले आफ्नो जग्गा उपभोग गर्न बाट नरोकेको उनको भनाइ छ ।

‘सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ ।’ उनले लेखेका छन्, ‘त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्न बाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ ।’

उनले यसअघि भने, ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved