मर्स्याङ्दी दुर्घटना अपडेट : मृतकको सङ्ख्या २७ पुग्यो

नेपालभ्युज

मर्स्याङ्दी दुर्घटना अपडेट : मृतकको सङ्ख्या २७ पुग्यो

काठमाडौं । तनहुँको मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । सशशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेको सङ्ख्या २७ पुगेको हो ।

“२७ जनाको मृत्यु भएको छ,” उनले भने “भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना, घटनास्थल र आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा गरी कुल त्यति पुगेको हो ।”

यस्तै घटनामा १६ जना घाइते भएका छन् । सबै घाइतेलाई सुरूमा आँबुखैरेनी अस्पतालमा पठाएको थियो । दिउँसो सवा ३ बजे नेपाली सेनाको एमआई १७ मा राखेर १२ जनालाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । पछि थप चार जनालाई पनि हेलिकप्टरमै राखेर शिक्षण अस्पतालमा ल्याइएको छ ।

दुर्घटनामा परेको बसमा ४३ जना नै भारतीय रहेको खुलेको छ । उनीहरू पोखराबाट काठमाडौंतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो ।

शुक्रबार आँबुखैरेनी गाउँपालिका ४ ऐना पहरास्थित पृथ्वीराजमार्गबाट भारतीय नम्बर प्लेटको गाडी मर्स्याङ्दी नदीमा खसेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved