भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर चार नेपालीको मृत्यु

नेपालभ्युज

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको प्रयागराज जिल्लामा गएको पहिरोमा परेर चार जना नेपालीको मृत्यु भएको छ ।

भारी वर्षको कारणले नेपालीहरू पहिरोमा परेको भारतीय अखबार नवभारत टाइम्सले जनाएको छ ।

एसडीआरएफको टोलीले उनीहरुको शव निकालेको छ । मृत्यु हुनेमा चितवनका तीन र दैलेखका एक जना छन् ।

जसमा चितवनको माडी नगरपालिका-२ सितलपुरका ५८ वर्षका तुलबहादुर परियार, माडी-१ भङ्गहाका २६ वर्षका कृष्णबहादुर परियार र माडी-५ छर्छरे घर भएका २८ वर्षका पूर्णबहादुर नेपाली छन् । र, दैलेखका दिपक बोहोरा छन् ।

घटनास्थल केदारनाथबाट १६ किलोमिटर टाढा र बद्रीनाथबाट ८० किलोमिटरको दुरीमा पर्छ । मजदुरी गर्नेहरुले सडक किनारमै छाप्रो बनाएर बसेका थिए । पहिरोले छाप्रो सहित बगाएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved