मर्स्याङ्दी बस दुर्घटना अपडेट : २९ यात्रुलाई निकालियो, १४ जना अचेत अवस्थामा (भिडिओसहित)

नेपालभ्युज

मर्स्याङ्दी बस दुर्घटना अपडेट : २९ यात्रुलाई निकालियो, १४ जना अचेत अवस्थामा (भिडिओसहित)

काठमाडौं । तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसबाट २९ यात्रुलाई बाहिर निकालिएको छ ।

तीमध्ये १४ जना अचेतावस्थामा रहेको तनहुँ प्रहरीले जनाएको छ । १५ जना होसमा रहेको बताइएको छ । बसमा ४१ यात्रु सवार थिए । बाँकी यात्रुको खोजीकार्य जारी छ।

यी हुन् तनहुँ दुर्घटनामा परेका यात्रुहरू (नामावलीसहित)

आज बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस आँबुखैरेनी ऐनापहारा भन्ने ठाउँबाट मर्स्याङदी खसेको हो ।

भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दीमा खस्यो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved