कांग्रेस र एमाले एक हुँदा टीआरसी विधेयक अघि बढ्यो : गृहमन्त्री लेखक

नेपालभ्युज

कांग्रेस र एमाले एक हुँदा टीआरसी विधेयक अघि बढ्यो : गृहमन्त्री लेखक

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मुलुकमा व्याप्त समस्या समाधान गर्ने अभिप्रायले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गरेको बताएका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकारले देशलाई नयाँ आयामतर्फ लैजाने दाबी गरे ।

उनले १८ वर्षदेखि निष्कर्षविहिन रहेको संक्रमणकालीन न्यायसम्बन्धी विषय अहिलेको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिँदा निष्कर्षमा पुग्न सफल भएको बताए ।

गृहमन्त्री लेखकले कांग्रेस र एमाले एकठाउँमा आएर महज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा विश्वासको वातावरणको सिर्जना भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved