तस्वीरमा जनैपूर्णिमा

तस्वीरमा जनैपूर्णिमा

काठमाडौं । आज हिन्दु धर्मावलम्बीहरुले रक्षाबन्धन र जनैपूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । श्रावण शुक्ल पूर्णिमाको यो विशेष दिन वैदिक सनातन धर्मावलम्बीहरूले पवित्र स्नान गरी रक्षाबन्धन धारण गर्ने गर्दछन् ।

पूर्णिमाको बिहानैदेखि  नदी, ताल, तलाउ, र पोखरीमा स्नान गर्दै, गुरु पुरोहितबाट मन्त्रिएको रक्षासूत्र (डोरो) बाँध्ने परम्परा रहेको छ । यो रक्षासूत्रले नकारात्मक तत्त्वहरूबाट सुरक्षा प्रदान गर्ने धार्मिक विश्वास छ ।

गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भन्ने मन्त्र उच्चारण गर्दै रक्षासूत्र बाँधिदिन्छन्, जसलाई रक्षाबन्धन अथवा डोरो पनि भनिन्छ । वैदिक परम्पराअनुसार, यो रक्षासूत्रले बल र स्थिरताको प्रतीक हो । आज तागाधारीहरुले जनै पनि फेर्ने परम्परा रहिआएको छ ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved