काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्य भएको भनिएकी सुष्मा नेपाली जिल्ला प्रहरी परिसर भक्तपुरको सम्पर्कमा पुगेपछि मृतकबारे अन्यौलता भएको छ ।
यसअघि एकजना युवकले मृत्यु हुने सुष्मा नेपाली आफ्नो बहिनी भएको दाबी गरेका थिए । तर, दोलखाको मेलुङ गाउँपालिका घर भएकी सुष्मा नेपाली पछि सम्पर्कमा आएपछि उक्त शव सुष्मा नेपालीको नभएको पुष्टि भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।
उनले मृतकको सनाखत गर्ने प्रयास भइरहेको बताए । यसअघि प्रहरीले स्कुटर चालक दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली भएको बताएको थियो।
घटनास्थलबाट शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ।
यो पनि
ट्राफिकले थापेको ‘डेथ ट्र्याप’ : लुकेर चेकिङ गर्दा भयानक दुर्घटना, यसरी कुटिँदै लखेटिए प्रहरी (भिडिओसहित)
Facebook Comment
Comment