‘बुस्टिङ बुढानीलकण्ठ’को तेस्रो शृंखला सम्पन्न

नेपालभ्युज

‘बुस्टिङ बुढानीलकण्ठ’को तेस्रो शृंखला सम्पन्न

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा उद्योग/व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले ‘उद्योग/व्यवसाय, प्रवर्द्धकसँग पदयात्रा’ कार्यक्रमअन्तर्गतको ‘बुस्टिङ बुढानीलकण्ठ’को तेस्रो शृंखला शनिबार सम्पन्न भएको छ ।

पदयात्रा बुढानीलकण्ठ-१० स्थित सातलेदेखि प्रारम्भ भएर मिलनचोक, तेनजिंग चोक, बालकुमारी मन्दिर, कृष्ण मन्दिर, जगडोल, साहिद पार्क, भञ्ज्याङ, कौडोल, गाउँ हुँदै चुनिखेलमा गएर सम्पन्न भएको हो ।

पदयात्राका संयोजक पुन्यराज पुडासैनीका अनुसार पदयात्राले उद्योगी, व्यवसायी र समाजका अन्य सरोकारवालाहरूसँग नेटवर्किङको अवसर प्रदान गर्ने र बुढानीलकण्ठ नगरपालिकामा उद्योग/व्यवसायको सम्भाव्यता र विकासका विषयमा पनि छलफल हुने छ ।

पदयात्रामा उद्योगी, व्यवसायी, स्थानीय जनप्रतिनिधि, पत्रकारसहित ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

यस अघि ‘बुस्टिङ बुढानीलकण्ठ’ अन्तर्गत विष्णुमति नदीको मुहान विष्णुद्वार र डाँडागाउँ क्षेत्रमा विभिन्न पेशा र व्यवसायसँग सम्बन्धित व्यक्तिहरुसँग पदयात्रा गरिसकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved