इजरायल जाने कामदारको छनोट विश्वसनीय बनाउन बन्यो छानबिन समिति

नेपालभ्युज

इजरायल जाने कामदारको छनोट विश्वसनीय बनाउन बन्यो छानबिन समिति

काठमाडौं । सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएका सहायक कामदारहरूको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन छानबिन समिति गठन गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता, सहसचिव गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

कामदारहरूबाट पेस गरिएका कागजातको सम्बन्धमा पत्रपत्रिकामा आएको समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिँदै उनले छानबिन समितिले छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकताको जाँच गर्नुका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउने बताए ।

उनले विज्ञप्ति निकालेर नेपाल र इजरायलबीच भएको द्विपक्षीय जी-टु-जी सम्झौता कार्यान्वयन गर्न यस मन्त्रालय सदैव तयार रहेको तथा जी-टु-जीमार्फत हुने छनोट प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved