आलोकनगरको एक होटलमा युवाहरूबीच खुकुरी हानाहान

नेपालभ्युज

आलोकनगरको एक होटलमा युवाहरूबीच खुकुरी हानाहान

काठमाडौं । काठमाडौंमा खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३१ आलोकनगरस्थित सौराहा होटल नजिकै आइतबार दिउँसो पौने २ बजे खुकुरी प्रहार भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार धनगढी घर भई आलोकनगर बस्ने २२ वर्षीय मनत केसीमाथि खुकुरी प्रहार भएको हो ।

उनीमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले सिन्धुली घर भई आलोकनगर बस्ने १८ वर्षीय अनिष मगर, दैलेखका २६ वर्षीय कुमार पण्डित र दार्जुला घर भई गोठाटार बस्ने १९ वर्षीय प्रेम सिंह महरालाई पक्राउ गरेको हो ।

केसी र उनीहरूबीच विवाद हुँदा खुकुरीले प्रहार गरेको हो । खुकुरी प्रहारबाट मनत केसीको दाहिने हातको औंला पूर्ण रूपमा क्षति भएको छ ।

उनको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved