सिन्धुपाल्चोकको पूर्वाधार विकास कार्यालयका सव-इन्जिनियरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

सिन्धुपाल्चोकको पूर्वाधार विकास कार्यालयका सव-इन्जिनियरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको पूर्वाधार विकास कार्यालयका सव-इन्जिनियर हिराबाबु थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

दोलखाको विगु गाउँपालिका-३ स्थित लाकुरी डाँडा पिपल डाँडा ग्रामीण सडकको स्तरोन्नति गर्नको लागि पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकसँग ठेक्का सम्झौतामा सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको आरोपमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आरोपपत्रमा थापासहित कार्यालयका सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई पनि प्रतिवादी बनाइएको छ । उनीहरुलाई थापाको निर्देशनअनुसार घुस रकम लिएका थिए ।

उनीहरुविरुद्ध बिगो र सजाय माग गरेको आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved