गोरखाको पहिरोमा पुरिएका पाँचजनाको अवस्था अझै अज्ञात, बिहानैदेखि खोजी कार्य सुरु

नेपालभ्युज

गोरखाको पहिरोमा पुरिएका पाँचजनाको अवस्था अझै अज्ञात, बिहानैदेखि खोजी कार्य सुरु

काठमाडौं । गोरखाको धार्चेमा पहिरोमा पुरिएका ५ जना कामदार अझै फेला परेका छैनन् । उनीहरु आइतबार बिहान खसेको पहिरोमा पुरिएका थिए ।

बेपत्ता भएका सबै जना हाइड्रो पावरका कामदार हुन् । आज पनि बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ । खोजी कार्यमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय गाउँले हिजो बिहानैदेखि जुटेका छन् ।

खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ । पहिरोले घर पुरेकाले बेपत्ताको खोजी गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ । पुरिएको घर आसपासका ठाउँ र भित्ताहरुमा खोतल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

रेसेमा पहिरोसहितको भिषण बाढी आउँदा एकै घरका तीनसहित पाँच जना बेपत्ता भएका थिए । पहिरोमा परेर घाइते भएका दुई जनालाई भने उपचारका लागि हेलिकोप्टर काठमाडौं ल्याइएको छ । ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङको काठमाडौँमा उपचार जारी छ ।

पहिरोमा परेर धार्चे गाउँपालिका–५ रेसेका ३७ वर्षीय जितबहादुर गुरुङ, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, बुवा ६० वर्षीय सुकलाल कान्छा गुरुङ र सोही ठाउँका ३३ वर्षीय रमेश गुरुङ, हाइड्रो पावरकै ट्याक्टर चालक २४ वर्षीय रमेश परियार बेपत्ता भएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved