गोरखा पहिरो अपडेटः बेपत्ता पाँच जना अझै भेटिएनन्

नेपालभ्युज

गोरखा पहिरो अपडेटः बेपत्ता पाँच जना अझै भेटिएनन्

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरामा परी बेपत्ता भएका अझैसम्म पनि भेटिएका छैनन् । शनिबार राति भीषण पहिरामा बेपत्ता भएकाहरुको खोजी सुरु भएको करिब १३ घण्टासम्म पनि बेपत्ता पाँचै जना नभेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए।

‘‘बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ, उनले भने, ‘‘अहिलेसम्म कोही पनि फेला परिसकेको अवस्था छैन ।’’ पहिराले घर गहिरो गरी पुरिएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भएको उनले बताए । पुरिएको घर आसपास ठाउँ र भित्तामा खोतल्ने काम भइरहेको डिएसी श्रेष्ठको भनाइ छ । खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी खटिएका छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved