काभ्रेको रोसी नदीमा महिलाको नग्न शव भेटियो

नेपालभ्युज

काभ्रेको रोसी नदीमा महिलाको नग्न शव भेटियो
फाइल तस्वीर

काठमाडौं । काभ्रेको रोसी नदीमा एक महिलाको नग्न शव भेटिएको छ ।

तेमाल गाउँपालिकाको पानथलीस्थित रोसी नदी किनारमा शरीरमा कपडा नभएको अवस्थमा महिलाको शव भेटिएको हो । रोसी गाउँपालिका– ९ चिउरीवासका छत्रबहादुर लामाकी पत्नी ४० वर्षीया आरती लामाको रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

छत्रबहादुरले घटनास्थलमा पुगेर शवको सनाखत गरेका छन् ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण खुलेको छैन । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved