जनमत सचिवालय बैठक: मधेस सरकारलाई अझ चलायमान बनाउने निर्णय

नेपालभ्युज

जनमत सचिवालय बैठक: मधेस सरकारलाई अझ चलायमान बनाउने निर्णय

जनकपुरधाम । जनमत पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ। जनकपुरधामस्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार देखि सुरु भएको सचिवालय बैठक मधेस सरकारलाई अझ चलायमान बनाउने  निर्णय गर्दै शनिबार  सम्पन्न भएको हो ।

पार्टी प्रवक्ता डा.शरद सिंह यादवका अनुसार बैठकमा खासगरी मधेस सरकारका कामकाजको बारेमा तथा काम गर्न देखिएका कठिनाइको सवालमा केन्द्रित रहेको थियो ।

उनले भने ‘दुई दिनसम्म चलेको बैठकमा पार्टीले नेतृत्व गरिरहेको मधेस सरकारले कार्यभार सम्हालेको करिब ४९ दिनमा के कतिको प्रगति गर्‍यो ? जनताका समस्यामा कतिको काम गर्‍यो ? सरकार सञ्चालन गर्दा के-के समस्याहरू देखा परेका छन् त्यसको बारेमा छलफल केन्द्रित रहेको थियो ।’

प्रवक्ता यादवका अनुसार मुख्यतः यही सेरोफेरोमा रहेर चलेको बैठकमा मधेस सरकारको ४५ दिनसम्ममा भएको गतिविधिको बारेमा समीक्षा भएको थियो । त्यसपछि सरकारलाई अझ बढी चलायमान बनाउन समीक्षा बैठकले सुझाव दिएको छ ।

जनमतको सचिवालय बैठकले योसँगै आगामी दिनमा हुने प्रदेश सरकारको कार्ययोजना बारेमा छलफल गरेको थियो भने प्रदेशमा देखिएका बेथितिलाई सुधार गर्दै सुशासन कायम गर्नतर्फ ध्यान दिन मुख्यमन्त्री सिंहलाई निर्देशन दिइएको छ ।

यसैगरी प्रदेशमा व्यापक रूपमा रोजगारीका कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए । बैठकबाट प्राप्त सुझावहरूलाई सरकारको तर्फबाट जनतालाई फाइदा हुने सबै गतिविधि गर्ने मुख्यमन्त्री सिंहले प्रतिबद्धता पनि जनाएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved