रेल्वे लिकमा परेर दासले गुमाए दुवै खुट्टा

नेपालभ्युज

रेल्वे लिकमा परेर दासले गुमाए दुवै खुट्टा

जनकपुरधाम । जनकपुर-जयनगर रेल्वे लिकमा परेर एक युवकले दुवै खुट्टा गुमाएका छन् ।

जनकनन्दनी गाउँपालिका-३ महुवाका मिश्री दासका अन्दाजी ३५ वर्षीय श्रीराम दासले खुट्टा गुमाएका हुन् ।

धनुषाको खजुरीमा लिक छेउबाट हिँडिरहेका श्रीराम शनिबार बिहान सवा ११ बजे रेलको चपेटामा परेका थिए ।

जयनगरबाट फर्किरहेको रेलले हर्न बजाएपछि उनी अल्मलिएर लिकमा परेका थिए, जसका कारण उनले दुवै खुट्टा गुमाएका छन् ।

दासको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved