लुम्बिनीका मुख्यमन्त्रीले गरे खादामाला निषेध, सुरक्षाकर्मी पनि घटाए 

नेपालभ्युज

लुम्बिनीका मुख्यमन्त्रीले गरे खादामाला निषेध, सुरक्षाकर्मी पनि घटाए 

रूपन्देही । धेरै भीड बढेपछि लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले भेट गर्न र बधाई दिन आउने व्यक्तिहरुबाट खादा, माला, अविर नलगाउने निर्णय गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनको सचिवालयले खादा, माला, अविर नलगाउन निषेध गरेको सूचना टाँस गरेको छ ।

सूचनामा ‘नवनियुक्त मुख्यमन्त्री ज्यूलाई बधाई तथा शुभकामना दिन पाल्नुहुने महानुभाव ज्यूहरु कृपया फूल, माला, टीका, खादा लगायतका सामग्री नल्याई पाल्नुहुन हार्दिक अनुरोध छ’, उल्लेख छ ।

शपथ ग्रहण तथा पदभार ग्रहण गर्दा उनले खादा, माला पहिरिएको भएपनि अन्य दिनको भेटघाटमा यस्तो कार्य नगर्न सूचना जारी गर्न लगाएका थिए ।

यस्तै, नवनियुक्त मुख्यमन्त्री आचार्यले यात्राको क्रममा सुरक्षा निकायबाट गरिने स्कटिङ्गलाई घटाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved