विमान दुर्घटनाका मृतकको सनाखत गर्नै मुस्किल

नेपालभ्युज

विमान दुर्घटनाका मृतकको सनाखत गर्नै मुस्किल

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनामा परी निधन भएकाको शव परीक्षण सुरू भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण सुरू भएको हो ।

अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालप्रसाद चौधरीले चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम सुरू गरिएको जानकारी दिए । उनका अनुसार एक जनाको शव पत्ता लगाउनका लागि चार घण्टा लाग्नेछ ।

अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत चिकित्सक बोलाइएको र उनीहरू भोलिसम्म आइपुग्ने अस्पतालका डा चौधरीले बताए ।

मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने उनले बताए । ‘आफन्तजनले दिएको विवरणअनुसार शवलाई म्याच गराएर पहिचान प्रक्रिया पूरा गर्नेछौँ । सकेसम्म आवश्यक काम चाँडो गरेर शव दिने हाम्रो कोशिस छ’, डा चौधरीले भने, ‘शव धेरै नै जलेको हुनाले पहिचान गर्न समय लाग्नेछ ।’

अस्पतालमा सुरूमा परीक्षण गरिरहेका चार वटा शव सय प्रतिशत जलेको उनको भनाइ छ । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डिएनए परीक्षण विधि अपनाइन्छ ।

उनले फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डिएनए विधिबाट शव पहिचान गर्ने बताए । डिएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उनको भनाइ छ ।

शव परीक्षणगरी पहिचान गर्नका लागि २५ जना चिकित्सकसहितको प्राविधिक टोली खटेको छ । बुधबार बिहान काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो । रासस

यो पनि- 

विमान दुर्घटनाका घाइते क्याप्टेनको स्वास्थ्य अवस्था बारे प्रधानमन्त्रीले लिए जानकारी

बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

सौर्य दुर्घटना: मर्मतको लागि उडेको जहाजले किन बोक्यो यात्रु ? कस्तो हो जहाज र के हो ‘सी-चेक’ ?

विमान दुर्घटनाबारे ५ सदस्यीय जाँचबुझ आयोग गठन

शोकमा सौर्य एअरलाइन्स: गुमायो व्यवस्थापन समूहका चारसहित दर्जन दक्ष प्राविधिक र इन्जिनियर

यस्तो छ सौर्य एयरलाइन्सको दुर्घटनास्थल (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved