शोकमा सौर्य एअरलाइन्स: गुमायो व्यवस्थापन समूहका चारसहित दर्जन दक्ष प्राविधिक र इन्जिनियर

विमानमा सवार पाँच मध्ये चारजना सौर्य एअरलाइन्सले गुमाएको छ भने एक दर्जन दक्ष इन्जिनियर पनि गुमाउनु परेको छ । विमानमा सबैजसो एअरलाइन्सकै प्राविधिक तथा इन्जिनियर थिए ।

नेपालभ्युज

शोकमा सौर्य एअरलाइन्स: गुमायो व्यवस्थापन समूहका चारसहित दर्जन दक्ष प्राविधिक र इन्जिनियर

काठमाडौं । सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा सो एयरलाइन्स व्यवस्थापन समूहका ५ जना दुर्घटनामा परेका छन् ।

विमानमा सवार पाँचमध्ये चारजना सौर्य एअरलाइन्सले गुमाएको छ भने एक दर्जन दक्ष इन्जिनियर पनि गुमाउनु परेको छ । पोखराका लागि उडेको विमानमा सबैजसो एअरलाइन्सकै प्राविधिक तथा इन्जिनियर थिए ।

बुधवार अन्तर्राष्ट्रिय विमानस्थल स्थित बुद्ध एयरको ह्याङ्गर पछाडिको खाली भागमा सौर्य एयरको ९–एनए एमई विमान दुर्घटना भएको हो ।

सौर्यका ‘सुरक्षा प्रमुख सागरकुमार आचार्य, वायुगोग्यता व्यवस्थापक (सिएएमओ) अश्विनकुमार निरौला, जहाज मर्मत प्रमुख यज्ञप्रसाद पौड्याल, र चिफ अफ क्युए (क्वालिटी अफिसर) दिलीप बर्मा विमानमा सवार थिए ।

सौर्य एयरलाइन्स दुर्घटना : छोरा र पत्नीसहित अस्ताए काबिल इन्जिनियर मनुराज

चिफ अप अपरेसन्स मनिष रत्न शाक्य थिए । विमान चिफ अप अपरेसन्स तथा क्याप्टेन मनिषरत्न शाक्यले उडाएका हुन् । उनी बाहेक सबैको ज्यान गएको छ । क्याप्टेन शाक्यको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार हुँदैछ ।

क्याप्टेन मनिषरत्न शाक्यको जीवितै उद्धार हुँदै

विमानमा सवार १८ जनाको मृत्यु भएको छ । विमानका को पाइलट सुशान्त कटुवालको पनि मृत्यु भएको छ ।

विमानका मनुराज शर्मा, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा थिए । यस्तै उद्धव पुरी, सन्तोष महतो, पुण्य रत्न शाही र विदेशी इन्जिनियर आरिफ रेडा सवार थिए ।

प्राधिकरण भन्छ – जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटना भयो

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु

सौर्य जहाज दुर्घटना : क्याप्टेन शाक्यको टाउकोमा चोट तर, खतरामुक्त

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved