सौर्य एयरलाइन्स दुर्घटना : छोरा र पत्नीसहित अस्ताए काबिल इन्जिनियर मनुराज

नेपालभ्युज

सौर्य एयरलाइन्स दुर्घटना : छोरा र पत्नीसहित अस्ताए काबिल इन्जिनियर मनुराज

काठमाडौं । विमानस्थलभित्रै दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो ।

उनीहरू एकै परिवार हुन् । मनुराज र प्रिजा श्रीमान्–श्रीमती हुन् भने अधिराज उनीहरूका छोरा हुन् । मनुराज प्राविधिक हुन् । उनी लामो समयदेखि त्यहाँ कार्यरत थिए । प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत रहेको बताइएको छ ।  प्राविधिक मनुराज लामो समयका लागि पोखरा जान लागेपछि उनकी पत्नी समेत बच्चासहित सँगै जान लागेकी थिइन् ।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

यस्तो छ सौर्य एयरलाइन्सको दुर्घटनास्थल (तस्वीरहरू)

दुर्घटनामा परेको सौर्य एअरलाइन्स २१ वर्ष पुरानो, अमेरिका, नाइजेरिया र अफ्रिकापछि ल्याइएको थियो नेपाल

सौर्य जहाज दुर्घटना: यी हुन् विमानमा सवार इन्जिनियर तथा प्राविधिकहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved