काठमाडौं । पूर्वमन्त्री एवं सांसद् वीरेन्द्र महतोले पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा घुस दिनुपरेको भन्ने विषयमा छानबिन गर्न शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक वसन्तप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
पूर्वमन्त्रीले ५ हजार घुस दिएको प्रकरण स् छानबिन गर्न गृहमन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै छानबिन गर्न निर्देशन दिएकी हुन् ।
समितिमा उपसचिव रामप्रसाद शर्मा र शाखा अधिकृत पुष्पा वाग्ले सदस्य रहेको मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए ।
जनता समाजवादीका सांसद महतोले प्रतिनिधि सभाको आइतबारको बैठकमा छोराको समकक्षता लिन पाँच हजार रुपैयाँ घुस दिनुपरेको बताएका थिए ।
पूर्वमन्त्री वीरेन्द्र महतोले संसद्मै भने- ‘मैले हिजो ५ हजार घुस खुवाएर काम गराएँ’
भारतीय सीबीएसई कोर्स पढेर नेपालबाट समकक्षता लिँदा ५ हजार घुस दिएपछि मात्रै काम बनेको भन्दै उनले संसद्मा प्रश्न उठाएका थिए ।
मन्त्रालयले समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानबिन गरी सात दिन भित्रमा प्रतिवेदन पेस गर्न भनेको छ ।
पूर्वमन्त्रीले घुस दिएको प्रकरण अख्तियारको नोटिसमा, छानबिनमा पुष्टि भए उनैलाई कारबाही हुनसक्ने !
Facebook Comment
Comment