पूर्वमन्त्रीले ५ हजार घुस दिएको प्रकरण : छानबिन गर्न गृहमन्त्रीको निर्देशन

नेपालभ्युज

पूर्वमन्त्रीले ५ हजार घुस दिएको प्रकरण : छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले आफ्नो छोराको प्रमाणपत्र प्रमाणित गर्न बिचौलियालाई ५ हजार घुस दिनुपरेको घटनाबारे तत्काल छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा मन्त्री लेखकले उक्त घटनाबारे छानबिन अघि बढेको बताए ।
आफूले व्यक्तिगत रूपमा सांसद महतोसँग कुरा गरेर ती व्यक्तिको पहिचान गरिदिन आग्रह गरेको पनि सुनाए ।

‘‘व्यक्तिगत रूपमा पनि मैले उहाँलाई सोधेर त्यो मान्छे चिनाउन सहयोग गर्न आग्रह गरेको छु । प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको छ र यो विषय सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको छ’’ मन्त्री लेखकले भने ।

पूर्वमन्त्री वीरेन्द्र महतोले संसद्‍मै भने- ‘मैले हिजो ५ हजार घुस खुवाएर काम गराएँ’

महतोले के भनेका थिए

‘‘म एउटा सानो उदाहरण दिन चाहन्छु म भूपूमन्त्री मैले हिजो शिक्षामन्त्रालयको सानो ठीमीमा ५ हजार रुपैयाँ घुस दिएर आको छु । कसले पत्याउँछ । पत्याउनुहुन्छ ? मेरो छोराको सर्टिफिकेट ईक्यूभ्यालेन्ट गर्नुपर्ने थियो । मैले ११ बजे पठाएको ३ बजेसम्म काम गर्दिएनन्, यो मिलेन त्यो मिलेन भनियो । किन मिलेन के भएन भन्दा सबै कागज मिलेको छ । म आफैँ गएँ । म जाँदा एउटा अधिकृतले के भन्यो भने भाइ भर्खरै १० वटा विद्यार्थीलाई तिमिले गरेका छौ, यो एउटा किन गरेनौ भन्दाखेरी होइन यो चिया खाने टाइम हो भनेर गए । ४ बजेसम्म आएनन् । एउटा बिचौलियालाई गएर ५ हजार रुपैयाँ दिएँ । म बसिरहेँ पाँच मिनेटमा काम गराएर ल्याएँ । अनि हामी सुशासनको कुरा गछौँ भ्रष्टचारको कुरा गछौँ ।’’ 

पूर्वमन्त्रीले घुस दिएको प्रकरण अख्तियारको नोटिसमा, छानबिनमा पुष्टि भए उनैलाई कारबाही हुनसक्ने !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved